११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डी को दुई खेल शुक्रबार बिहान हुँदैछ ।
जसमा अमेरिकाले टर्किएसँग खेल्नेछ भने अर्को खेलमा अस्ट्रियाले र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।
सहआयोजक अमेरिका यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको अवस्थामा अस्ट्रेलिया र पाराग्वे नकआउट चरण पुग्ने होडमा छन् ।
यस समूहबाट टर्किएर लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिने पक्का भइसकेको छ ।
अब समूहको अन्तिम खेलपछि नकआउट चरण पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ र उत्कृष्ट तेस्रो हुने सम्भावित टोलीको पनि निर्णय हुनेछ ।
अमेरिका लगातार दुई खेल जितेर एक खेल अगावै समूह विजेता बनिसकेको छ । समान ३ अंक रहेको अस्ट्रेलिया र पाराग्वे अन्तिम खेल जित्दै समूह उपविजेता बन्ने होडमा छ । टर्किएर प्रतियोगितामा सुखद रुपमा अन्त्य गर्न चाहन्छ ।
नकआउट अघि अन्तिम तयारिमा अमेरिका
टर्कए र अमेअरिकाबीचको खेल अमेरिकाको लस एन्जस स्टेडियममा शुक्रबार बिहान पौने ८ बजे सुरु हुनेछ ।
अमेरिकाले पहिलो खेलमे पाराग्वेलाई ४-१ ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गरेपछि अमेरिकाले एक खेल अघि नै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमै भइरहेको विश्वकपमा अमेरिकाले यस पटक समूह चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यही लयललाई निरन्तरता दिँदै अघि बढ्ने लक्ष्यमा रहेको अमेरिका टर्किए विरुद्धको खेललाई नकआउटको खेलका लागि अन्तिम तयारी गर्न चाहन्छ ।
टर्किए भने पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले पराजित भयो भने दोस्रो खेलमा दश खेलाडीको पाराग्वेसँग १-० ले पराजित भयो ।
डार्क हर्सको रुपमा हेरिएको टोली टर्किएले यस पटक सबैलाई निराश बनायो ।
अब समूहको अन्तिम खेलमा सकरात्मक नतिजा ल्याउँदै प्रतियोगितालाई सुखद सुरुमा अन्तय गर्ने लक्ष्य टर्किए छ ।
समूह विजेता बन्दै नकआउट पुगिसकेको अवस्थामा अमेरिकाले टर्किए विरुद्ध आफ्ना मुख्य खेलाडीलाई आराम दिएर अरु खेलाडीलाई अवसर दिन सक्नेछ ।
फिफा वरियतामा १७औं स्थानमा रहेको अमेरिका र २२औं स्थानमा रहेको टर्कीए अन्तर्राष्ट्रिय फुटबलमा परिचित प्रतिद्वन्दी हुन् । तर विश्वकपमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् ।
यसअघि ५ भेटमा मिश्रित नतिजा आएको छ । अमेरिका र टर्किएले २-२ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । गत वर्ष अमेरिकामै भएको मैत्रीपूर्ण खेलमा टर्किए २-१ ले विजयी भएको थियो ।
समूह डी को विजेता बनिसकेको अमेरिकाले राउण्ड अफ ३२ मा समूह बी वा बईको तेस्रो स्थानमा रहने टिमसँग खेल्नेछ ।
समूह उपविजेता बन्न भिड्दै अस्ट्रिया र पाराग्वे
पाराग्वे र अस्ट्रेलियाबीचको खेल अमेरिकास्थित सन फ्रान्सिस्को बे एरेना स्टेडियममा बिहान पौने ८ बजे सुरु हुनेछ ।
अस्ट्रेलिया र पाराग्वेको विश्वकप सुरुवात फरक तरिकाले भएको थियो । तर अहिले भने यी दुई टोली एउटै अवस्थामा छ । दुवैको नजर नकआउटमा पुग्नेमा छ ।
यो यस्तो खेल बन्न सक्नेछ जहाँ दुवै टोली नकआउट चरणमा पुग्न पनि सक्नेछ र दुईमध्ये एक टोली मात्र नकआउट चरणमा पुग्न सक्नेछ ।
यसमा स्पष्ट जित हात पार्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्नेछ ।
यदी अस्ट्रेलिया र पाराग्वेल बराबरी खेलमा दुवैमा नकआउट पुग्ने सम्भावना कायम रहनेछ । यस्तोमा राम्रो गोल अन्तर भएकोले बराबरीले पनि अस्ट्रेलिया समूह उपविजेता बन्नेछ । बराबरीले दुवैको ४ अंक हुने हुँदा पाराग्वे पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुग्न सक्छ ।
यदी अस्ट्रेलिया वा पारग्वे जो पराजित भएपनि ३ अंकसहित तेस्रो स्थानमा रहनेछ र अझै पनि तेस्रो भएर नकआउट चरणमा पुग्न सक्छ । त्यसका लागि अन्य समूहको नतिजा र गोल अन्तर महत्वपूर्ण हुनेछ ।
सन् २००६ र २०२२ मा नकआउट चरणमा पुगेको अस्ट्रेलिया तेस्रो पटक समूह चरण पार गर्ने लक्ष्य छ । यस्तै पाराग्वे पाँचौ पटक नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
फिफा वरियतामा अस्ट्रेलिया २७औं र पाराग्वे ४१औं स्थानमा छ ।
समूह डी को उपविजेता बन्ने टोलीले समूह जी को उपविजेतासँग खेल्नेछ ।
प्रतिक्रिया 4