+
+

आर्थिक विकासका लागि सबैको साथ आवश्यक : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:०४

१९ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विकासका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सबैसँग मिलेर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औल्याए ।

सो अवसरमा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा योजना र सुझाव दिन समेत आग्रह गरे । आफूले अर्थतन्त्र नजिकबाट नियालिरहेको र सबै मिलेर अगाडि बढ्दा तीब्र आर्थिक विकास गर्न कठिन नहुने बताए ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फबाट आर्थिक विकासमा सुनचाँदी व्यवसायीको भूमिकालगायत विषयमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?