+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अर्घाखाँचीको कुँडुलेमा ८ करोड लगानीमा रिसोर्ट र एग्रोफार्म सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १३:२६

१९ चैत, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको कुँडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ । गोरुसिंगे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जंगलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काइ साइक्लिङ, स्काइ क्याफे र नेपालमै पहिलोपटक स्काइ बेड (तारमा झुण्डिएर सुत्ने बेड ) र घोडचढी सहित रिसोर्ट सञ्चालनमा आएको हो ।

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा बनेको रिसोर्टमा १० वटा वाताकूलित आवासीय कोठा र बाल उद्यान पनि छ । रिसोर्टले आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरापालन पनि गरेको छ ।

कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा विभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए ।

‘ग्राहकलाई आफ्नै उत्पादनको स्वाद र साहसिक मनोरञ्जन सहित जंगलमा आकर्षक र सुविधायुक्त पर्यटकीय गन्तव्य बनाउन खोजेका छौं,’ भुसालले भने, ‘अर्घाखाँचीमा सुपादेउराली मन्दिरपछि आकर्षक पर्यटकीय गन्तब्य बनाइ भारतीय पर्यटकलाई भित्राउने लक्ष्य छ ।’

कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपन्छी प्रालिले बजारीकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टसहित सय वटा बाख्रा, १५ सय कालिज र २ हजार रैथाने कुखुरा पालनमा रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?