+
+

इनरुवामा पूर्वराजाको भाषण : लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:०९

२० चैत, विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सुनसरीको इनरुवामा नागरिक अभिनन्दनका क्रममा उनले राज्यमा शान्ति र अनुशासन चाहिने बताए ।

‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन विना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ’ उनले भने, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिंदैन ।’

उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताए । ‘राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ, शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ’ उनले भने, ‘आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो ।’

पूर्वराजा शाहले अगाडि भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ ।’

सुनसरीको इनरुवा नागरिक स्तरबाट भएको अभिनन्दन कार्यक्रममा सर्वसाधारणको भीड लागेको थियो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?