+
+

कांग्रेस, लोसपा र एकीकृत समाजवादी मधेश सरकारमा जाने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:५५
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।

२१ चैत, जनकपुरधाम । नेकपा एमालेले मंगलबार मधेश सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने तयारीमा छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् ।

मधेश प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए । ‘मधेशमा पनि गठबन्धन सरकार छ । गठबन्धनको निर्णय के हुन्छ केन्द्रमा, केन्द्रबाट म्याण्डेट मिलेपछि हामी छलफल गरेर कहाँ के कसरी एडजस्टमेन्ट गर्न सकिन्छ भनेर निर्णय गर्छौ । सरकारमा सहभागी हुन्छौं’, उनले भने ।

त्यस्तै ९ सांसदसहित चौथो दलको हैसियतमा रहेको लोसपा पनि सरकारमा जान तत्पर छ । लोसपा सांसद उपेन्द्र महतो एमालेको बहिर्गमन भएपछि सरकारमा लोसपासहित तीन दलक सहभागी हुने बताए ।

७ सांसदसहित पाँचौ दलको हैसियतमा रहेको एकीकृत समाजवादी पनि सरकारमा जान तयार रहेको उसका सांसद रत्नेश्वर गोइतले बताए ।

यी सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । एमालेका मन्त्रीहरुले मंगलबार सरकार छाडेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?