+
+

राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीलाई गोल्ड कार्ड वितरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:३८

२१ चैत,  काठमाडौं । नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका फुटबलका पूर्व खेलाडीलाई गोल्ड कार्ड वितरण गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय टोलीबाट खेलिसकेका महिला तथा पुरुष खेलाडीको तथ्यांक संकलन गरी गोल्ड कार्ड वितरण गरिने जनाएको छ । गोल्ड कार्डका लागि खेलाडीले एन्फाको वेवसाइटबाट फारम भरी एक महिनाभित्र बुझाउनुपर्नेछ ।

‘अखिल नेपाल फुटबल संघले सम्मानित सम्पूर्ण पूर्व सिनियर राष्ट्रिय टोलीका अन्तर्राष्ट्रिय महिला तथा पुरुष फुटबल खेलाडीहरुको तथ्याङक संकलन गरि गोल्ड कार्ड वितरण गर्न लागेको व्यहोरा जानकारी गराउदछौं,’ सूचनामा भनिएको छ, ‘उक्त विवरणको लागि एन्फा वेबसाइटमा राखेको गोल्ड कार्ड फराम भरी सूचना जारी भएको मितिले १ महिना भित्र अखिल नेपाल फुटबल संघको सचिवालयमा बुझाइ दिनुहुन अनुरोध गर्दै तपाईँले दिएको सो फारम अनुसार विवरण प्रमाणित गरी गोल्ड कार्ड वितरण गरिनेछ । उक्त विवरणले नेपाली फुटबल खेलको इतिहास संरक्षण गर्ने र खेलाडीहरुले सम्मान प्राप्त गर्ने कुरा संघले विश्वास लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?