+
+

वैदेशिक सहायताको रकम समयमा खर्च नभएकोप्रति दाताको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १४:११

२२ चैत, काठमाडौं । वैदेशिक सहायताका रुपमा आएको बजेट समयमा खर्च नभएको प्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गर्दै दाताहरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

अर्थमन्त्री डा. महतसँग बुधबार एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरे । भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।

अर्थमन्त्री डा. महतका अनुसार दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उनीहरुले चिन्ता व्यक्त गरेका छन् । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका काम अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित देखिएको उनले बताए । यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेकोे डा. महतले बताए ।

अर्थमन्त्री डा. महतसँग मंगलबार विश्व बैंकका प्रतिनिधिले भेटेका थिए । भेटमा विश्व बैंकले अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको जानकारी उनलाई गराएको थियो । जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रीले बताएका छन् ।

मन्त्री महतले भने, ‘नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन् । यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ ।’

खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?