+
+

प्रधानमन्त्रीलाई सांसद पाण्डेले बुझाए मल कारखानासम्बन्धी फाइल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १७:३९

२२ चैत, काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण अघि बढाइसकेको भन्दै यसलाई संघीय सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्गको भेटमा उनले आफू मुख्यमन्त्री हुँदा थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराएका हुन् । उनले मल कारखाना स्थापनासम्बन्धी फाइल पनि प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट समेत भइसकेको पनि उनले बताएका छन् । औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको भन्दै एकीकृत समाजवादीका नेता पाण्डेले जग्गा भाडामा लगाउने निर्णय संघीय सरकारले गर्नुपर्ने बताए ।

‘अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ । त्यसका लागि केही समयअघि थाइल्यान्डको मेहाछाद इन्टरनेशनल कम्पनीसंग सम्झौता समेत गरिसकेका छौं । उसले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ । अब उद्योग स्थापना हुने स्थानको भूमि व्यवस्थापन गर्ने कार्य मन्त्रिपरिषदले गर्नुपर्ने छ’ पाण्डेले प्रधानमन्त्रीलाई भने ।

पाण्डेका अनुसार उद्योग स्थापनाका लागि गत ६ पुस ०७९ मा बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–३ को जग्गा छनोट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?