+
+

लुम्बिनीमा हाफ म्याराथन : ओलीले गन पड्काए, केहीबेर दौडिए 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते ११:०६

२३ चैत, बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । ‘शान्ति र समृृद्धिका लागि खेलकूद’ नारासहित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको दौडमा महिला र पुरुष गरी २ हजार ५५० जना सहभागी छन् ।

लुम्बिनीस्थित शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे ।

ओलीले गन पड्काएपछि म्याराथनमा सहभागीहरु दौडिएका थिए । प्रतियोगीहरुसँगै एमाले अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरु पनि करिब पाँच सय मिटरसम्म दौडिएका थिए ।

मायादेवी मन्दिर अगाडिबाट शुरु म्याराथन पर्साचोक, महिलबार हुँदै २१ किलोमिटरको दुरी पार गर्ने अध्यक्ष ध्रुव आचार्यले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।

म्याराथनपछि एकेडेमीको राष्ट्रिय भेलालाई पूर्वप्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख अमृता अनमोलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?