+
+

अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १५:२५

काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिना ६ वर्षपछि पिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो ।

अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २-० र कुराकाओलाई ७-० ले पराजित गरेको थियो ।

अर्जेन्टिना यसअघि २०१७ मा शीर्ष स्थानमा थियो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । पछिल्लो पटक ब्राजिल मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ ले पराजित भएको थियो ।

वरीयताको शीर्ष तीन बाहेक शीर्ष दशभित्र अन्य परिवर्तन भएको छैन । बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११औं स्थानमा छ ।

एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २०औं स्थानमा छ भने इरान २४औं र दक्षिण कोरिया २७औं स्थानमा छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?