+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टर्की भूकम्पमा पुरिएकी बालिकाले ५४ दिनमा भेट्न पाइन् आमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते २०:१८

२३ चैत, काठमाडौं। टर्कीको शक्तिशाली भूकम्पमा पुरिएर पाँच दिनपछि जीवितै फेला परेकी बालिकाले ५४ दिनपछि आमासँग भेट्न पाएकी छिन् ।

गत फेब्रुअरी ६ मा टर्कीमा गएको शक्तिशाली भूकम्पमा ती बालिका पुरिएकी थिइन्।

घटनामा उनका बुवा र दुई दाजुले ज्यान गुमाए भने आमा भने सख्त घाइते भएर उपचाररत थिइन्। घटनाको ५४ दिनपछि बालिका बेटिन भेदासलाई आमासँग भेट गराइएको हो।

टर्कीमा उनलाई चमत्कारी बालिकाको उपनाम दिइएको छ। टर्कीकी सामाजिक विकास मन्त्रीले अस्पतालमा रहेकी आमा समक्ष ती बालिकालाई भेटका लागि पुर्‍याएकी थिइन्।

‘बेटिन अब हाम्री पनि छोरी हुन् अब उनको रेखरखवाल सरकारले पनि गर्नेछ। उनी चामत्कारिक रूपमा जीवित भेटिइन्। उनी जीवित फेला पर्दा हामी निकै हर्षित भयौँ भने भवन सम्बन्धी नियम मिच्नेहरूप्रति उत्तिकै कठोर भयौँ,’ सामाजिक मन्त्री देर्या यानिकले भनेकी छिन्।  ती बालिकाको १ सय २८ घण्टापछि जीवितै उद्दार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?