+
+

गैरीगाउँ सुकुम्वासी बस्तीका बासिन्दाले छेके महानगरको डोजर (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:५७
सुकुम्बासी वस्ती प्रवेश गर्ने सडक बन्द गर्दै स्थानीय बासिन्दा । तस्वीर : आर्यन धिमाल

२४ चैत, काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन ।  महानगर प्रहरीले नदी किनारको अव्यवस्थित  बस्ती हटाउन भन्दै सूचना निकालेकाेमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?