
२४ चैत, जनकपुरधाम। महोत्तरीमा विङगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशला नगरपालिका ९ का ३० वर्षीय मनिष कुमार कार्की छन् ।
शुक्रबार बिहान साढे १० बजे बर्दिबास नगरपालिका-१ बर्दिबास चौक स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौ तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कार्कीको बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पतालमा उपचारको साढे ११ बजे मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
विङगर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4