+
+

अफगानिस्तानबाट अमेरिकी सेना ढिलो फर्कियो : प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १३:३७

२५ चैत, न्यूयोर्क । अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र आलोचना पनि भएको थियो ।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले टिप्पणी गरेका छन्, ‘स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान देशभरि कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं ।’ सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?