+
+

अन्तरिक्षमा टेम्पो उडाउँदै नासा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १८:३७

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ ।

अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो स्याटेलाइटलाई प्रक्षेपण गरिनेछ ।

टेम्पोमा विशेष खालको यन्त्र जडान गरिएको छ जुन दिनको समयमा हरेक घण्टा उत्तर अमेरिकाको आकाश माथिबाट गुज्रिनेछ । यसले हरेक पटक १० वर्ग किलोमिटरको क्षेत्रमा वायु प्रदुषणको मापन गर्नेछ । यसको क्षेत्र आन्ध्र महासागर देखि प्रशान्त महासागर तथा मध्य क्यानडादेखि मेक्सिको सिटीसम्म हुनेछ ।

टेम्पो एक ठूलो वासिङ मेसिन आकारको यन्त्र हो । बल एरोस्पेस कम्पनीले यसको निर्माण गरेको हो । मेक्सारद्वारा निर्मित इन्टलसेट ४० इ स्याटेलाइटसँगै टेम्पोलाई प्रक्षेपण गरिनेछ ।

प्रमुख ३ वटा वायुप्रदुषकहरुको तथ्यांक संकलन गर्नु टेम्पोको प्रमुख काम हुनेछ । ती प्रदुषकमा नाइट्रोजन डाइअक्साइड, फर्मल्डिहाइड तथा ओजोन हुन् । नाइट्रोजन डाइअक्साइडले खासगरी इन्धनको दहनबाट निस्किन्छ । यसले स्वासप्रस्वासजन्य समस्या निम्त्याउँछ ।

यस्तै पेन्ट, ग्लू तथा इन्धनबाट निस्किने फर्मल्डिहाइड रसायनले पनि आँखामा समस्या ल्याउनुका साथै क्यान्सर लगायतका समस्याको जोखिम बढाउँछ भने ओजोनको मात्रा बढि हुँदा पनि विकिरणजन्य समस्या पैदा गर्दछ ।

टेम्पोको प्रक्षेपणपछि अब अमेरिकाको वायुप्रदुषणका बारेमा हरेक घण्टा जानकारी प्राप्त हुने नासाका वैज्ञानिक बेरी लेफर बताउँछन् । यसले स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञहरुलाई पनि फाइदा पुग्ने उनको दाबी छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?