+
+

तनहुँ १ की राप्रपा उम्मेदवार चेक बाउन्समा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १९:१९

२६ चैत, काठमाडौं । तनहुँ- १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा  दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।

न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश गरेको हो । उच्च अदालतले उनीमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । अनि थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ । यो फैसला विरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउछिन् ।

निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिए ।

उनले भने, ‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् । फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?