+
+

हिमालयन ऊर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद जारी गर्न स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १२:४१

२७ चैत, काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले शत प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको पत्र २६ चैतमा प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीले २०० प्रतिशत अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित विद्युत नियमन आयोगमा स्वीकृतिको लागि आवेदन दिएको थियो । तर, आयोगले भने १ कित्ता बराबर १ कित्ताको अनुपातमा मात्रै हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रस्तावित हकप्रद नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?