+
+

विपक्षी दलको नेता सम्बन्धी रिट निवेदन खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १४:००

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो ।

आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा निवेदन खारेज भयो भन्नेवारे केही उल्लेख छैन ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको नेता सत्तासिन दल हुने भन्दै अधिवक्ता पोखरेलले त्यो दलका नेताले विपक्षी दलको नेताको मान्यता पाउन नहुने दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?