+
+

सरकारलाई एमालेको प्रश्न : ९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १४:२४

२७ चैत, काठमाडौं । नेकपा एमालेले संसदको बैठकहरु पर्याप्त नराखिएको र राखिएको बैठकलाई पनि उपलब्धीपूर्ण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिन पुगेको र यसबीचमा २१ वटा मात्रै बैठक बसेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित भएको प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । यसबीचमा जम्मा २१ वटा बैठक बसेको उल्लेख गर्दै गिरीले भने, ‘२१ वटा बैठक बस्दा पनि उपलब्धी के भयो ? एउटा पनि ऐन निर्माण गर्न सकिरहेका छैनौं ।’

प्रतिनिधिसभामा पेश भएका विधेयकहरु पनि अगाडि बढ्न नसकेको भन्दै गिरीले थपे, ‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिरहेका छैनौं’ उनले भने ।

देशको अर्थतन्त्रबारे सबैतिर चिन्ता प्रकट भइरहेको भन्दै उनले सरकारलाई यसबारे सदनलाई जानकारी गराउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?