+

चर्च ब्वाइज र एपीएफले अंक बाँडे

२०७९ चैत  २७ गते १६:४८ २०७९ चैत २७ गते १६:४८
चर्च ब्वाइज र एपीएफले अंक बाँडे

२७ चैत,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वायज युनाइटेड र एपीएफ क्लबले सोमबार बराबरी खेलेका छन् ।

दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि दुवैले समान १ अंक पाए ।

जारी लिगमा मनाङ मर्स्याङ्दी क्लबसँगै अपराजित रहेको चर्च ब्वाइजले ३ खेल जित्दा ४ खेल बराबरी खेलेको छ ।

७ खेलबाट १३ अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लेको छ । सातदोबाटो समान अंक भएपनि गोल अन्तरमा चर्च ब्वाइजमा अघि रहेको हो ।

बी डिभिजनको च्याम्पियन बन्दै पहिलो पटक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइजले सुरुवाती तीन खेल जित्दै सानदार सुरुवात गरेको थियो ।

तर त्यसयता लगातार चार खेल बराबरी खेलेको छ । एपीएफको यो दोस्रो बराबरी हो । ७ खेलबाट ११ अंक जोडेको एपीएफ पाँचौ स्थानमै छ ।

चर्च ब्वाइज युनाइटेड शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय