+
+

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि काम गर्छौं : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १९:५६

२७ चैत, सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावको बेलाको गठबन्धनअनुसार अहिलेको सरकार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

`संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तिब्रतर गतिमा देश विकास गर्छौं भनेका थियौं,´ उपप्रधानमन्त्री खड्काले भने, `चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न सरकार लागिरहेको छ ।´

उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए ।

उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?