+
+

आइफोनमा कल गर्दा बाहिरको हल्लाखल्ला कसरी घटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते ११:५५

एप्पलले हालै आफ्नो आईओएस अपरेटिंग सिस्टम अन्तरगत iOS 16.4 को नयाँ अपडेट ल्याएको छ । यो अपडेटसँगै आईओएसमा विभिन्न नयाँ फिचरहरू थपिएका र परिवर्तन भएका छन् जसमा बग फिक्सेसदेखि फोन कलका लागि Voice Isolation फिचर पनि रहेको छ ।

यो फिचर पहिलोपटक आईओएस १५ मा सुरु गरिएको भए पनि त्यो फेसटाइम तथा निश्चित थर्ड पार्टी एपहरुका लागि मात्रै थियो । आईओएस १६.४ सँगै यो फिचर फोन कलमा पनि उपलब्ध भएको छ ।

Voice Isolation फिचर खासगरी भ्वाइसमै केन्द्रित छ र यसले आइफोनमा कल गर्दा हल्लाखल्लापूर्ण वातावरणमा समेत ब्याकग्राउण्डको हल्लालाई दबाउँछ । जसका कारण फोनकल प्रष्ट सुनिन्छ ।

यदि तपाईं आफ्नो आइफोनमा पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंको आइफोनमा पछिल्लो आईओएस १६.४ वा त्यसभन्दा नयाँ अपरेटिंग सिस्टम हुनुपर्दछ र फोनमा कल गर्न मिल्ने सक्रिय सिमकार्ड हुनुपर्दछ । त्यसपछि Voice Isolation प्रयोग गर्न निम्नानुसार गर्नु पर्दछ :

  • आफ्नो आइफोनमा Phone app खोल्नुहोस्
  • त्यसपछि कुनै पनि व्यक्तिको नम्बरमा कल गर्नुहोस्
  • फोन कलमै भएका बेलामा दायाँ माथिल्लो कर्नरबाट स्वाइप डाउन गरेर Control Center खोल्नुहोस् । टच आइडी भएका आइफोनमा भने बटनबाट स्वाइप डाउन गर्न सकिन्छ ।
  • त्यसपछि Mic option मा ट्याप गरी Voice Isolation अप्सन छान्नुहोस्

यति गरेसँगै तपाईंको आइफोनमा  Voice Isolation फिचर सक्रिय बन्दछ र आइफोनले फोनकल गर्दा बाहिरी पृष्ठभूमिको आवाजलाई दबाउने काम गर्दछ । जसका कारण फोनमा बोल्नेको आवाज राम्रोसँग सुनिन्छ ।

यदि तपाईं यो फिचरलाई बन्द गर्न चाहनुुहुन्छ भने माथि दिइएबमोजिम नै गर्नुहोस् र अन्त्यमा Voice Isolation को साटो Standard अप्सन छान्नुहोस्

आइफोनमा iOS 16.4 कसरी अपडेट गर्ने ?

  • आफ्नो आइफोनको Settings खोल्नुहोस् र General अप्सनमा ट्याप गर्नुहोस्
  • स्क्रोल डाउन गरी Software update अप्सनमा ट्याप गर्नुहोस् र पछिल्लो उपलब्ध अपडेट खोज्नुहोस्
  • त्यहाँ फेला परेको अपडेटमा गई Download बटनमा थिच्नुहोस्
  • अपडेट प्रक्रिया पूरा हुनका लागि कुर्नुहोस् ।

आफ्नो आइफोनको अपरेटिंग सिस्टम अपडेट गर्नुअघि फोनका डाटाको ब्याकअप रहेको तथा ब्याट्री र स्टोरेज स्पेस पर्याप्त रहेको कुरा यकिन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?