
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार उमेशलाल श्रेष्ठको प्यानलका ढकाल महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् ।
उनले ६१ मतसहित जित हात पार्दा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट वस्तुगत उपाध्यक्ष पदमा उम्मेदवार बनेका मनिषलाल प्रधान ५२ मतसहित पराजित भए । वस्तुगत उपध्यक्षका अर्को उम्मेदवार सकुन्तलाल हिराचनले ७ मत मात्रै ल्याए ।
वस्तुगततर्फका कार्यसमिति सदस्यहरुमा ढकाल समूहका ८ र प्रधानका ६ जना निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4