+
+

नेप्सेमा २९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १५:२५

३० चैत, काठमाडौं । २०७९ सालको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने राष्ट्र बैंकको संकेत र १ वैशाखबाट निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै बुधबार नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । तर, २०७९ सालको अन्तिम दिन बिहीबार नै नेप्सेमा करेक्सन आएको छ । बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ । बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.३३ प्रतिशतले घटेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि खुम्चिएको छ । बुधबार १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार भने घटेर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा झरेको छ । ४४ हजार ७०८ वटा कारोबारमा ४९ लाख १३ हजार ७०२ कित्ता धितोपत्र खरिद हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ६ करोडको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार हुँदा १८६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । बिहीबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.९५ प्रतिशतले वृद्धि भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशतले गिरावट हुँदा धौलागिरी लघुवित्तको सेयरमूल्य ४.७५ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?