+
+

धीरज र जसिता स्टारर ‘ज्याकी : आईएम ट्‍वान्टीवान’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १४:३६

काठमाडौं । धीरज मगर र जसिता गुरुङ स्टारर ‘ज्याकी : आईएम ट्वान्टीवान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । रेनशा राई निर्देशित डान्स ड्रामा फिल्मले बेलायती लाहुरे बन्ने सपना त्यागेर नृत्यमा सफल बन्न संघर्ष गरिरहेका पात्रहरुको कथा भन्छ ।

धीरज र जसिताको सपना डान्समा सफल बन्ने हुन्छ । तर घरायसी अवरोधको बाबजुद उनीहरुले डान्स च्याम्पियनसिप जित्नुपर्ने हुन्छ । उनीहरुको मुख्य चुनौती नेपहपको समूह हुन्छ । के उनीहरु उक्त च्याम्पियनसिपमा जित हात पार्दैै डान्सर बन्ने आफ्नो सपनालाई पूरा गर्न सक्लान् ? फिल्म यही वरपर घुमेको छ ।

डान्ससँगै यी दुई पात्रको सम्बन्धको कथा पनि अघि बढेको छ । धरान सहरको सेटिङमा खिचिएको यो फिल्मलाई मुलुकको पहिलो डान्स ड्रामा फिल्म बताइएको छ । फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर लगायतको समेत अभिनय छ । केमियो रोलमा ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ पनि देखिएका छन् ।

नयाँवर्षको दिन वैशाख १ गते वान सिनेमाज् हलमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । उक्त प्रेसमिटमा फिल्मको कास्ट एण्ड क्रिउ उपस्थित थियो । प्रभु राणा र प्रज्वल राणाले निर्माण गरेको यो फिल्म वैशाख २१ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?