+
+

काठमाडौंमा नक्सापास अनलाइनबाटै गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १५:५४

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ वैशाखदेखि अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरू गरेको छ । घरको नक्सा दर्तादेखि प्लिन्थ लेभलसम्मको सेवा अनलाइनबाटै हुने मेयर बालेन्द्र साह(बालेन)ले जानकारी दिएका हुन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

यसअघि २–३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने दाबी मेयर साहले गरेका छन् । उनले सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको बताए । ‘यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?