+
+
Shares

अर्घाखाँचीको ‘रहस्यमय’ सिद्धेश्वर गुफा ओझेलमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १९:२८

१ वैशाख, अर्घाखाँची।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।
परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको हो ।

स्थायिन भोजराज पौडेलका अनुसार गुफाको नाम ‘शिद्धेश्वर गुफा’ नामकरण गरिएको बताए।’ ढुङढुङ्गे जंगलमा गुफा छ, भन्ने हल्ला पछि जंगलमा पुगेर तत्कालिन समयमा खोजी गरी गुफा भेट्टीएको हो ।

खेतमा तथा जंगलमा घासँ काट्न जादाँ ओडार छ, भनेर डराउँने गरेको स्थानिय बताउँछन् । स्थानीयले त्यहाँ रहस्यमय गुफा रहेको थाहा पाएपछि हरेक नयाँ वर्षको पहिलो दिन रुद्रीपुजा तथा भजनकृतन गरिदैँ आईने गरेको छ ।

प्रचारप्रसारका लागी चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट ५ लाख रुपैँया विनियोजन भई गुफाको प्रवेशद्धार सँगै आधारभुत संरचना बनाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।’

गुफाको प्रचारप्रसार र गुफाको विस्तृत अध्ययन भने हुन सकेको छैन। ‘गुफाको करिब ४५ मिटर भित्रसम्म मानिसहरु पस्ने गर्छन, ‘त्योभन्दा भित्र पनि गुफा छ, भएपनि कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन।’ गुफाभित्र अँध्यारो छ। बत्ती बालेर मात्रै पस्न सकिन्छ, स्थानिय शिक्षक हिमलाल पौडेलले बताए।

कुनै भागमा फराकिलो तथा कुनैमा साँघुरो भएकाले भित्र पस्न गाहृो छ, गुफाभित्र रहेका विभिन्न किसीमका मुर्तिबाट पानीका थोपाहरु खसेको दृश्य देख्न पाइन्छ। गुफाभित्र पस्ने ठाउँ साँघुरो रहे पनि भित्र फराकिलो छ ।

‘गुफाको प्रचार गर्न सके आन्तरिक पर्यटक बढाउन सकिन्छ, स्थानिय शिक्षक हिमलाल पौडेलले बताए । नयाँ वर्षको अवसरमा रुद्री पुजा, भजनकृतन गरिएको छ’, स्थानिय भिमलाल पौडेलले भने।

गुफाको ऐतिहासिक महत्वबारे सबै अनविज्ञ छन् । गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ।

गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन्। गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवद्र्धनमा आफू लागि पर्नेमा वडाका जनप्रतिनिधी बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?