+
+

उपत्यकाका अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने बढे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:२०
फाइल तस्वीर

३ वैशाख, काठमाडौं। कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ बिरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन् ।

यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा बभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए।

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए ।

कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ, उनले भने,’ कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी.वान.१६ मुख्य मानिएको छ  कोरोना फैल्याउन ।’

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे ।  उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए ।

उनले भने, ‘खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ । यो ठूलो घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ । शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।’

उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?