+
+

आजदेखि नयाँ शैक्षिक सत्र सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १४:१३

३ वैशाख, काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार २०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी २०.१४ प्रतिशतले ले घटेका छन् भने संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?