+
+

न्युयोर्कमा नियुक्त गरियो ‘मुसाको राजा’, मुसा विरुद्धको लडाइँमा नयाँ कदम

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते ११:०१

काठमाडौं । अमेरिकाको न्युयोर्क सहर मुसा आतंकबाट त्रस्त छ । न्युयोर्कका मानिसहरु मुसा आतंकबाट पीडित छन् । मुसाको आतंकबाट मुक्ति पाउनका लागि न्युयोर्कका मेयरले एउटा अनौठो कदम चालेका छन् । जस अनुसार न्युयोर्कमा मुसासँग लड्नका लागि एक योद्धा नियुक्त गरिएको छ ।

न्युयोर्क सहरका मेयर एरिक एडम्सले शिक्षा विभागका एक महिला कर्मचारीलाई मुसाको राजा अर्थात् Rat Czar मा नियुक्त गरेका हुन् । योसँगै न्युयोर्क सहरले मुसासँग मुकाबिला गर्नका लागि एक नयाँ कमान्डिङ जनरल प्राप्त गरेको छ ।

मुसासँग युद्ध गर्नका लागि सिपाहीमा नियुक्त भएकी महिलाको नाम क्याथलीन कोराडी हो । पत्रकार सम्मेलनका क्रममा कोरोडीले भनिन्– अब तपाईंले मुसा कम र मलाई धेरै देख्नुहुनेछ । अब सहरमा नयाँ मुखिया आएको छ ।

मुसासँग लड्ने कामका लागि नियुक्ति पाएकी क्याथलिनको पदको आधिकारिक नाम चाहिँ Citywide Director of Rodent Mitigation  हो ।

क्याथलिन पेशाले एक शिक्षिका हुन् । तरपनि मुसा विरुद्धको लडाइँमा उनी नयाँ होइनिन् । यसअघि उनले सहरका सरकारी विद्यालयहरुमा मुसा नियन्त्रणका विषयमा काम गरिसकेकी छिन् ।

न्युयोर्कका मेयर एडम्सलाई मुसा कत्ति पनि मन पर्दैन । उनले प्रायः मुसाप्रतिको आफ्नो घृणा प्रकट गरिरहन्छन् । गत वर्ष नै मेयरले मुसा विरोधी सिपाहीको उक्त पदका लागि विज्ञापन खोलेका थिए । उक्त पदमा उनले कडा तथा हिंस्रक खालको मानिस उनले खोजेका हुन् । मुसामाथि धावा बोल्ने उक्त जागिरका लागि वार्षिक तलब १ लाख २० हजार देखि १ लाख ७० हजार डलरसम्म तोकिएको छ ।

सन् २०१४ को एक तथ्यांक अनुसार न्युयोर्क सहरमा करीब २० लाखको संख्यामा मुसा थिए । अहिले त्यो संख्या निकै धेरै हुनसक्ने आँकलन गरिएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?