+
+

महानगरले गठन गर्‍यो वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १५:२१

५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले मंगलबार वडा नम्बर १२–२० र २५ बाट जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि बोलाएर निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो ।

सञ्जालमा १० वटा वडामध्ये वडा नम्बर १६ बाट २ जना र बाँकी वडाबाट १÷१ जना सहभागी गराइएको सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिइन् । सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा रहेका छन् । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ । महानगरका अनुसार सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनका अनुसार समुदायस्तरमा जथाभावी फोहोर तथा प्लाष्टिक बाल्न रोक लगाउन काममा नागरिक समाजले सहजीकरण गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?