
५ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए ।
नेता शाहीका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।
उनका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस गरिएको अ ।
कांग्रेसभित्र बिसी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4