+
+

जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन एमाले सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १३:५७

६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय सुन्दा दुख लागेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमाल गर्न लागेका थिए । यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ’ सांसद सुब्बाले भनिन् ।

उनले अगाडि भनेकी छन्, ‘निर्णय (जग्गाको कित्ताकाट खोल्ने) सच्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले मंगलबार मात्रै जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?