+
+

भारतमा खुल्यो पहिलो एप्पल स्टोर, टिम कुकले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १५:१०

६ वैशाख, काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले भारतमा पहिलो आधिकारिक एप्पल स्टोरको उद्घाटन गरेका छन् । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईमा मुलुककै पहिलो एप्पल स्टोर खुलेको हो ।

त्यसक्रममा उनले ग्राहकहरुतर्फ हात हल्लाए भने कर्मचारीहरुको ताली तथा स्वागतसँगै स्टोरको ढोका खोले ।उनले एप्पल स्टोरमा आएका ग्राहकलाई अभिभावद गर्दै कतिपयसँग सेल्फी पनि खिचे ।

टिम कुकुले बिहिबार राजधानी दिल्लीमा पनि एप्पल स्टोरको उद्घाटन गर्नेछन् ।भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बइमा एप्पल स्टोर उद्घाटन समारोह हेर्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु आएका थिए । उद्घाटन समारोहमा स्थानीय संगीत तथा लोकनाच प्रदर्शन समेत गरिएको थियो ।

मुम्बईमा लोकप्रिय कालो-पहेँलो ट्याक्सीको रङको थिममा मुम्बईको एप्पल स्टोर डिजाइन गरिएको छ । एप्पलका प्रडक्टहरुको मुख्य बजारको रुपमा रहेपनि भारतमा हालसम्म एप्पलको आधिकारिक स्टोर थिएन । भारतमा अनलाइनबाट वा रिसेलरहरुको बृहत सञ्जालमार्फत् एप्पल प्रडक्टहरु बिक्री हुने गरेका थिए ।

विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा आफ्नो खुद्रा बजारलाई विस्तार गर्ने प्रयास गरिरहेको एप्पलले भारतमा पहिलो एप्पल स्टोर खोलेको हो । भारतमा अहिलेसम्म स्मार्टफोन बजारमा एन्ड्रोइडको दबदबा छ र स्मार्टफोन बजारको केवल ९ प्रतिशत हिस्सा मात्रै आइफोनको रहेको छ ।

एप्पलले भारतलाई आइफोनको उत्पादन बेसको रुपमा पनि विकास गर्दै गएको छ । आफ्नो आपूर्ति श्रृंखलालाई चीनबाहिर विविधिकरण गर्ने प्रयास एप्पलले गर्दै आएको छ । हाल विश्वमा कूल आइफोन उत्पादनको ५ प्रतिशत भारतमै हुने गरेको छ ।

भारतले यसअघि सन् २०२१ मै भारतमै भौतिक एप्पल स्टोर खोल्ने प्रयास गरेको भएपनि महामारीका कारण त्यो सफल हुन सकेको थिएन ।

एप्पल सिइओ टिम कुकको यो दोश्रो भारत भ्रमण हो । यसअघि उनले सन् २०१६मा भारतको भ्रमण गरेका थिए । सोमबार उनले चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षितसँगै बडापाव खाइरहेको तस्वीर शेयर गरेका थिए ।

टिम कुकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सूचना प्रविधि उपमन्त्री राजीव चन्द्रशेखरसँग पनि भेटघाट गर्ने योजना छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?