+
+

चुनावअघिको गठबन्धन अन्त्य गर्नुपर्छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १६:५९

७ वैशाख, दमौली । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावअघि गठबन्धन गर्ने को संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रेस चौतारी तनहँुले गरेको कार्यक्रममा उनले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयोगी नदेखिएको बताए ।

‘यो गठबन्धनको संस्कृतिले झन् ठूलो अन्योल पैदा गरेको छ, यसले सरकार बनाउन सकेको छैन, स्थायी हुन सकेको छैन । जनतामा कुनै आशा भरोसा यसले पैदा गर्न सकेको छैन’ उनले भने, ‘चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ ।’

सचिव भट्टराईले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बताए । ‘घन्टी पनि सरकारमै सामेल छ, चुनावको समयमा बाहिर बसेको जस्तो गरेका छन्, तर चुनावपछि यिनी पनि सरकारमा जानेछन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?