+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अर्थमन्त्रीले राजस्वका हाकिमहरुलाई सोधे : किन काठमाडौंबाटै कम राजस्व उठ्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १७:०८

७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं उपत्यकाबाटै कम राजस्व उठिरहेको सन्दर्भमा आन्तरिक राजस्व विभागका हाकिमहरुलाई प्रश्न गरेका छन् । बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले वर्तमान समस्याबाट ठूला व्यावसायिक घराना त्यति धेरै प्रभावित नभएको भन्दै काठमाडौं उपत्यकाबाट कम राजस्व उठेको बारे प्रश्न गरेका हुन् ।

‘काठमाडौं उपत्यकामा किन राजस्व संकलन लक्ष्यभन्दा कम उठ्छ ?,’ उनले प्रश्न गरे, ‘भ्याटमा नक्कली बिलको समस्या आएको भनिएको छ, यदि हो भने यो अपराध हो ।’

आन्तरिक राजस्व विभागले झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट उठाउने गरेको भन्दै उनले गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको उल्लेख गरे । यहाँ समस्या देखिएको भन्दै उनले भने, ‘यसमा कहाँ त्रुटि भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ ।’ समस्या पहिचान गरी कारण खोज्न र कार्यदिशा तय गर्न उनले निर्देशन दिए ।

समीक्षा प्रतिवेदनले एक राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपातः देखिएको भन्दै एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ट परिवेश होला ? भन्दै उनले प्रश्न गरे ।

उनले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउनु पर्ने बताए । विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निकै कम उठेको उनको भनाइ छ । यसमा सम्पूर्ण दोष राजस्वका कर्मचारीको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजस्व कम उठेको उनले स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?