
१० वैशाख, संखुवासभा । संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो ।
पानी लिन गइरहेको बेला घर नजिकैको उत्तीसको रुख ढलेर कल्पनालाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4