+
+

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते ११:२२

१० वैशाख, बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?