
१० वैशाख, काठमाडौं । स्टक एक्सचेन्जको लाइसेन्सको लागि तेस्रो कम्पनीको रुपमा ‘अन्नपूर्ण स्टक एक्सचेन्ज’को नामबाट नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबार उक्त कम्पनीको नामबाट लाइसेन्सको लागि बोर्डमा आवेदन परेको हो ।
अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतिलाई सञ्चालकको रुपमा प्रस्ताव गरीएको छ ।
नेपाल धितोपत्र बोर्ड गत २ असोजमा एउटा स्टक एक्सचेञ्जको लाइसेन्स दिने भन्दै लाइसेन्सको लागि सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।
तर, सर्वोच्च अदालतमा अधिवक्ता दीपकविक्रम मिश्रले उक्त लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै रिट दर्ता गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले ४ कात्तिकमा अन्तरिम आदेश दिंदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।
तर, गत चैत अन्तिम साता न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासबाट सर्वोच्चले उक्त रिट खारेज गरेपछि लाइसेन्सको प्रक्रिया अगाडि बढेको थियो ।
प्रतिक्रिया 4