 
																						काठमाडौं । चर्चित गायकहरु ड्रेक र द वीकेन्डको आवाजसँग हुबहु मिल्ने खालको स्वर प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रयोग गरेको गीत सोसल मिडियामा भाइरल बनेको छ । यो गीत वास्तविक कलाकारले गाएका होइनन् भनेर दर्शकलाई स्वीकार गर्न कठिन भइरहेको छ ।
‘हार्ट अन माइ स्लिभ’ बोलको यो गीतले सेलेना गोमेज र विकेन्डको प्रेम सम्बन्धमा आधारित छ । ‘गोस्टराइटर’ नामक क्रिएटरले यो गीत सफ्टवेयरबाट कम्पोज गरिएको दाबी गरेका छन् । गायकको आवाजमा प्रशिक्षण गरिएको सफ्टवेयरले गीत कम्पोज गरेको उनको भनाइ छ ।
‘यो एउटा सुरुवात मात्र हो,’ गीतको युट्युब भिडियोमुनि लेखिएको छ, ‘हामी नयाँ युगमा छौं ।’ अर्का एक टिप्पणीकर्ता लेख्छन्, ‘अब के वैध वा नक्कली हो भन्न पनि सक्दिन ।’ अर्को एक ट्वीटर प्रयोगकर्ताले एआईले कम्पोज गरेको यो गीत पहिलो उदाहरण भएकाले आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।
शुक्रबार पोस्ट भएदेखि यो गीतलाई टिकटकमा ८५ लाखभन्दा बढी पटक हेरिएको छ । तर टिकटकले यो आवाज भने अहिले हटाएको छ । स्पटीफाइमा पनि दुई लाख ५४ हजारभन्दा बढी पटक सुनिएको छ । यो गीत युट्युब लगायत प्लेटफर्ममा सुन्न सकिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4