+
+

उपनिर्वाचनमा ६० प्रतिशत मतदान : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १९:१९

१० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।

४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए ।

सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु हुनेछ । आयोगका अनुसार बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?