
१० वैशाख, काठमाडौं । मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ दुई विभागीय टवली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले आइतबार विजयी सुरुआत गरेका छन् ।
ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३-० को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।
एपीएफले ललितपुरलाई २५-६,२५-७,२५-१४ को सेटमा सहजै हरायो ।
यस्तै आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३-० को सेटमा हरायो । आर्मीले कोटेश्वरमाथि २५-६,२५-४ र २५-५ को सेटमा जित निकाल्यो ।
पुरुषतर्फ ललितपुर महानगरपालिका सिटी र नेपाल गणतान्त्रिक खेलकुदले जित निकालेका छन् ।
ललितपुरले बोगटी समाज ललितपुरलाई २५-२०,२५-१८ र २५-१९ ले हराएको हो । नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५-१२, २५-२० र २५-१५ ले हराएको छ ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरि १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4