+
+

२० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ८ अर्ब ६० करोड नवीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १३:५९

११ वैशाख, काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ ।

जसमध्ये राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुने र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

सोमबार २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५/५ अर्ब गरी १० अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ४ अर्ब गरी २० अर्ब आन्तरीक ऋण परिचालन गर्न लागिएको हो।

यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?