+
+

महागढीमाईको मत गन्न थालेपछि सबैलाई पछि पार्छु : शिवचन्द्र कुशवाह

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १८:३१

११ वैशाख, काठमाडौं । बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टी जसपाको एरियामा पनि आफूले राम्रो मत ल्याएको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।

करैयामाई गाउँपालिकाको मत गणना भइरहँदा कुशवाह र जसपाका अध्यक्ष उपेन्द्र यादवपछि तिव्र प्रतिस्पर्धा छ । कहिले यादवले त कहिले कुशवाहले अग्रता लिइरहेका छन् ।

तर करैयामाई जसपाको क्षेत्र भए पनि आफूले राम्रो मत पाएको कुशवाहले बताए ।

‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो,’ कुशवाहले खुसी हुँदै भने, ‘अब अन्त गन्दा अघिपछि हुन्छ । हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु ।’

कुशवाहको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?