+
+
Shares

यो सरकार ढल्न लागे रास्वपाले टेको दिन्छ : विराजभक्त

वर्तमान सरकार ढले देशले कसरी निकास पाउँछ भन्ने अन्योलपूर्ण अवस्था आउने भन्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले त्यस्तो अवस्था आउन नदिन रास्वपाले सरकारलाई टेको लगाउने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १६:५५

२४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्का सबैभन्दा ठूला दुई दल मिलेर बनेको सरकार पनि ढल्ने चर्चा चल्ने गरेको भन्दै आवश्यक परे रास्वपाले टेको दिने बताएका छन् ।

वर्तमान सरकार ढले देशले कसरी निकास पाउँछ भन्ने अन्योलपूर्ण अवस्था आउने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन रास्वपाले सरकारलाई टेको लगाउने बताए ।

‘सैद्धान्तिक–व्यवहारिक रूपमा दुई भिन्न ठाउँमा हुनु पर्ने भए पनि संसद्का दुई वटा ठूला दल अहिले एकै ठाउँमा छन् । हाम्रा धेरै साथीहरूले पनि यो सरकार ढल्नु हुँदैन भनिरहनुभएको छ । म पनि भन्छु, यो सरकार ढाल्न लाग्यो भने टेवा दिनलाई रास्वपा तयार छ । तर, सरकार ढाल्नु हुँदैन । किनभने, यो सरकार ढलेपछि देशकाले के गति पाउँछ त ?’

उनले देशमा विपत्तिको अवस्थामा मात्र यसरी प्रमुख ठूला दलहरू मिलेर सरकार बनाउने अभ्यास देखिने गरे पनि सहज अवस्थामै पहिलो र दोसे दल मिलेर सरकार बनाएको चर्चा गरे । तर, त्यसरी बनेको सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले कार्यशैलीको आलोचना गरे ।

‘हिजो तीन महिना नबित्दै हामीलाई लख्ट्नेहरूले अहिले ३०० दिन पुग्न लाग्दा पनि किन काम गर्न नसकेको ?,’ सत्तापक्षलाई उनको प्रश्न छ ।

सांसद् श्रेष्ठले नीति तथा कार्यक्रमले सांस्कृति सम्पदालाई अत्यन्त अवहेलना गरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?