
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट भत्काएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार ‘सडक पेटीमा रहेको प्रहरी बिट हटाउने महानगरपालिकाको योजना अनुरुप प्रहरी बिट भत्काइएको हो । उनले भने, ‘यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं ।’
काठमाडौं महानगरपालिकाले उक्त बिटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।
वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीका अनुसार करिब ६ वर्ष पुरानो प्रहरी बिटमा ४ जना प्रहरीहरु बस्दै आएका थिए । ‘महानगरले भत्काएपछि हामीले अहिले एउटा कोठा अस्थायी प्रयोजनको लागि दिएका छौं, अब महानगरले केही निर्णय गरेपछि अन्य कुरा थाहा हुन्छ’ खड्गीले भने ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4