+
+

मतदाताको मनोविज्ञान बुझ्न सकेनौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १९:५६

१२ वैशाख, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख १० को उपनिर्वाचन परिणामले नेपाली कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको बताएका छन् । मतदाताको मनोविज्ञान बुझ्न नसकेको भन्दै उनले निर्वाचन परिणामलाई स्वीकार गरेर कांग्रेस सच्चिनुपर्ने धारणा राखे ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए ।

युवाको भावनाअनुसार अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको नेता कोइरालाको भनाइ छ । ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । युवाहरूलाई अवसर दिँदै जिल्लादेखि टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाताको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो ।’

कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?