+

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

२०८० वैशाख  १३ गते ६:२९ २०८० वैशाख १३ गते ६:२९
कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

१३ वैशाख, काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरेपछि गिरोनाले स्पानिस ला लिगाको दोस्रो स्थानको रियल मड्रिडमाथि सानदार जित हात पारेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा गिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो ।

न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत बनेका छन् ।

सने १९४७ डिसेम्बरमा रियल ओभिएडवका एस्टेबान एचाभेरिअले रियल मड्रिडविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।

कास्टेलानोसले  खेलको १२औ र २४औं मिनेटमा गोल गरेपछि गिरोनाले सुरुमै २-० को अग्रता बनाएको थियो ।

३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर दोस्रो हाफको पहिलो मिनेटमै कास्टेलानोसले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने गिरोनालाई ३-१को अग्रता दिलाए । ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दा गिरोनाले गोलअन्तर ४-१ को अग्रता बनायो ।

८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई उपाधि यात्रामा फाइदा पुगेको छ ।

लिग लिडर बार्सिलोना र रियलबीच ११ अंकको अन्तर छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले बिहीबार रायो भालेकानोलाई पराजित गरेमा १४ अंकको अन्तर हुनेछ ।

बार्सिलोनाले ३० खेलबाट ७६ अंक छ भने ३१ खेल खेलेको रियलको ६५ अंक छ ।

गिरोना भ्यालेन्टिन कास्टेलानोस रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय