+
+

जुन्ता पीडितको प्रश्न : अन्तर्राष्ट्रिय समुदायको हस्क्षेपका लागि कति जनाले ज्यान गुमानुपर्छ

एजेन्सी एजेन्सी
२०८० वैशाख १४ गते १२:१६

म्यामारको पइगी गाउँमा स्थानीयहरूले उत्सव मनाइरहँदा हेलिकप्टरबाट गोलाबारी भयो । लडाकु विमानले बम खसालिदियो । सैन्य शासन जुन्ताले आतंकवादीलाई समाप्त पार्न आक्रमण गरेको जवाफ दिए पनि त्यहाँ आम नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन् । शासन सत्ता हातमा लिएको दुई वर्ष यता नागरिकमाथि अत्याचार गरिरहेको जुन्ताले अहिले आम नागरिकभन्दा आततायी हमला गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ कोहीसँग पनि कुनै हातहतियार थिएन । समुदायको चाडमा उनीहरू उत्सव मनाइरहेका थिए ।

घटनामा १८६ जनाले ज्यान गुमाए । तीमध्ये ४० जना नाबालक छन् । उत्सवमा ३ सय जना मानिस सहभागी रहेको बताइएको छ । त्यस भीडमा जुन्ता शासकले लडाकु विमानमार्फत बम बर्षाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

मारिने १८६ जनामध्ये यी बालिका पनि एक थिइन् ।

यस्तै एमआई-३५ हेलिकप्टरबाट १५ मिनेटसम्म गोलाबारी भएको घाइतेहरूले बताएका छन् । यस्तै घटनामा मारिएकाहरूको अन्तिम संस्कारका लागि जम्मा भएकाहरूमाथि लक्षित गरेर पनि हेलिकप्टरबाट गोलाबारी भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । ‘बम पड्किएको सुन्ने वित्तिकै म ढलेँ। केहीबेरपछि उठेर हिँड्दा त्यहाँ धुवाँले ढाकेको थियो,’ एक प्रत्यक्षदर्शीले भने ।

घाइतेहरूको चित्कार गरेपछि उनले आफ्नी छोरी र अभिभावकको स्थितिबारे बुझ्न खोज्न थाले । त्यसको केही मिनेटमा हेलिकप्टरले गोलाबारी गरेको उनले बताए । जुन्ताले फेरि दमन गर्ने त्रासका कारण उनले नाम खुलाउन चाहेनन् । ‘घटनास्थल बधशाला जस्तो थियो । आफ्नै नागरिकमाथि जुन्ताले किन अत्याचार गरिरहेको हो हामीले बुझेका छैनौँ,’ ती व्यक्तिले भने ।

छोरी र बाबुआमाको खोजीमा लागेका उनले केही घन्टापछि उनीहरूका शव फेला पारे । ‘मेरो बुवाको कम्मर छिनेको थियो । मेरो आमाको शव चिन्न नसकिने अवस्थामा देखें। छोरीको टाउको छिनेको थियो,’ उनले कहालीलाग्दो दृश्यबारे भने ।

‘अब हामी बाँचेकामध्ये कतिको ज्यान गएपछि जुन्तालाई रोकिनेछ। निहत्था हामीलाई किन सहयोग भइरहेको छैन । अब कति जना मारिएपछि आक्रमण बन्द हुन्छ ?’ एक  पीडितले प्रश्न गरे

घटनामा उनले परिवारका सात जना गुमाएको बताए । तीन वर्षे छोरीसँगको उनको स्मृति मानसपटलमा गुमिरहेको छ । त्यहाँ आउनुअघि छोरीको अनुहारमा क्रिम लगाइदिएको कुरा उनी झल्झली सम्झिरहेका छन् । ‘छोरीको अन्तिम दिननै त्यही रहेछ । मैले श्रीङ्गार गरिदिएकै दिन उनले ज्यान गुमाइनन्,’  उनले भने ।

गाउँलले पुरै परिवार गुमाउँदा आफ्नी ७ वर्षीया छोरी जीवितै रहेकाले चित्त बुझाइरहेको उनी बताउँछन् । फेब्रुअरी २०२१ मा प्रजातन्त्र खोसेर सैन्य शासन लागू गरेसँगै जुन्ताले नागरिकमाथि दमन र अत्याचार जारी राखेको छ ।

नागरिकले प्रतिवादन गर्नसक्ने भएकाले उसले अब हवाई हमला सुरू गरेको छ । हवाई हमलामा स्कुल अस्पताल पनि निशानामा परेका छन् । जनवरीदेखि मार्चको अवधिमा जुन्ताले ५६ वटा हवाई हमला गरेको छ ।

हवाई हमलाको १० दिनपछि त्यस इलाकामा बाँकी रहेकाहरूमाथि आक्रणको उद्देश्यले २०० सैनिक पठाएको प्रत्यदर्शीहरूले बताए । ‘जुन्ताले त्यस गाउँनै रित्याउने योजना बनाएको देखिन्छ। घटनाको १० दिनपछि उसले सेना पठाएको थियो,’ एक प्रत्यक्षदर्शीले भने ।

जुन्ताले फेरि हमला गर्नसक्ने त्रासले गाउँलेहरूले हतारहतार वरपर सरसफाइ गरेका थिए । अहिले गाउँलेहरू त्यहाँ बस्न मान्दैनन् । घटनामा ज्यान जोगाएकाहरू जंगलतिर भोकै छन् । ‘यो घटनामा मैले परिवारका ३० जना गुमाए । मेरो परिवारको कान्छो सदस्य २ वर्षको थिए भने सबैभन्दा पाको ७० वर्षको थिए,’ ती व्यक्तिले भने ।

गाउँमा भएको उत्सवमा उनी खाना पकाउन सहयोग गर्दै थिए । गोलाबारी हुनेवित्तिकै नजिकै रहेको खाल्डोमा हाम फालेर उनले ज्यान जोगाए । ‘मेरी भतिजीले सहययोगको याचना गर्दा पनि मैले उसको  ज्यान जोगाउन सकिन । विद्यार्थी गर्भवती महिला र बुढापाकाबाट उनीहरूलाई केनै खतरा थियो र ? यी जुन्ता पशुभन्दा पनि तल्लोस्तरका रहेछन् । यिनीहरू मानव होइनन्,’ ती व्यक्तिले भने ।

अर्का पीडितले प्रश्न गरे-‘जुन्तालाई रोक्न विश्व समुदायको हस्तक्षेप कति जना बालबालिका मरेपछि हुनेछ ?’

हवाई आक्रमणमा यी एक वर्षीया बालिका पनि परेकी छन् ।

म्यानमारको सैनिकले विभिन्न जातीय समुदायमाथि आक्रमण गरिरहेको छ । तर, सन् २०२१ पछि उसले झनै बर्बरतापूर्वक आक्रमण सुरू गरेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी विशेष संयन्त्रका अनुसार जुन्तालाई रूस र चीनले हतियार बेचिरहेका छन् । ती हतियारको सहारका चर्च, गुम्बामा पनि आक्रमण भएको छ । गत मार्चमा गुम्बामा आक्रमण हुँदा २२ व्यक्तिको ज्यान गयो । जसमा ३ भिक्षु थिए ।

जुन्ताका प्रवक्ता जा मिन तुनका अनुसार आतंकवादीलाई नै निशाना बनाएर त्यहाँ हमला गरिएको थियो । ‘त्यस इलाकामा ठूलो परिणाममा बारूद रहेकाले पड्किएर उनीहरूको ज्यान गयो,’ प्रवक्ताले भने ।

घटनामा मारिएका निहत्था नागरिकहरूलाई आतंककारीलाई सहयोगका लागि बाध्य बनाइएको सेनाको भनाइ छ । आक्रमणका मारिएकाहरूको तस्वीर विश्लेषण गर्दै फरेन्सिक विज्ञ डेरिको पोन्डरले भनेका छन् , ‘उनीहरूको शरीरमा देखिएको चिरा हवाई हमलाको निशाना हो । जमिनमा राखिएका बारूद पड्किएका निशाना हुँदै होइन ।’

जुन्ताले नागरिकमाथि हालै गरेको बर्बरतापूर्ण आक्रमणको विश्व समुदायलेनै विरोध जनाएको छ । त्यस घटनाको उनीहरूले भर्त्सना गरेका छन् । ‘जुन्ताको यस आक्रमण मानवताविरोधी अपराध हो,’ राष्ट्रसंघका प्रतिनिधि क्वय मी तुनले भने ।

जुन्तालाई रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायबाट पहल अत्यावश्यक  भइसकेको छ । ‘यो आततायी रोक्न अब जरूरी भइसकेको छ,’ राष्ट्रसंघका ती प्रतिनिधिले भने ।

घटनाका पीडितहरूले हस्तक्षेपका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्षाबारे चकित छन् । ‘अब हामी बाँचेकामध्ये कतिको ज्यान गएपछि जुन्तालाई रोकिनेछ। निहत्था हामीलाई किन सहयोग भइरहेको छैन । अब कति जना मारिएपछि आक्रमण बन्द हुन्छ ?’ एक  पीडितले प्रश्न गरे ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?