+
+

घोराही–तुलसीपुर सडकको ठेक्का असारपछि तोडिन्छ : मन्त्री रेखा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १२:३८

१४ वैशाख, दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् ।

आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् ।

‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’  उनले भनिन्, ‘त्यसपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’ उनले नयाँ प्रक्रियामा जाँदा केही समय लाग्ने भएकाले नेपाल सरकारबाटै बजेट छुट्टाएर सडक मर्मत सम्भार अघि बढाउने बताइन् ।

यो सडकमा भारतीय एक्जिम बैंकको लगानी छ । चार वर्षदेखि अलपत्र घोराही तुलसीपुर सडकबारे यहाँका जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ । केही समयअघि सडक संघर्ष समितिले सांसदलाई जिल्ला प्रवेश निषेधको ब्यानर टाँगेर विरोध गरेका थिए ।

मन्त्री शर्माले चुनाव जितेर गएदेखि आफू हालको ठेक्का कसरी तोड्ने र काम अघि बढाउने भन्नेमा केन्द्रित भएको बताइन् । ‘चार लेन सडक यहाँ सबैको टाउको दुखाइ र चासोको विषय बनेको छ। स्वयं मैले पनि थुप्रै आलोचना खेपिरहेकी छु’ उनले भनिन्, ‘निर्वाचन जितेर गएदेखि नै मेरो प्रयास कसरी ठेक्का तोड्ने र काम अघि बढाउने भन्नेमै केन्द्रित छ ।’

उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग र अर्थमन्त्री प्रकाश शरण महतसँग समेत छलफल गरिरहेको पनि जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?